अब रिपोर्ट नआएसम्म बोर्डरमै

विविध

सरकारले भारतबाट आउने नेपालीलाई सीमा नाकामै पीसीआर टेस्टको व्यवस्था मिलाएको छ । पीसीआरको रिपोर्ट नआएसम्म उनीहरु बोर्डरमै रहेको क्वारेन्टाइनमा बस्नेछन् । ‘नेगेटिभ आएपछि सेल्फ क्वारेन्टाइनमा पठाइन्छ,’ स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम भन्नुहुन्छ, ‘पोजेटिभ आए क्वारेन्टाइन÷आइसोलेसनमा राखिन्छ ।’

मन्त्रालयले जरुरी नपरी बाहिर ननस्किन, भौतिक दूरी दुई मिटर कायम गर्न, मास्क लगाउन, साबुन पानीले हात धुन र सम्भव नभए स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।