किन विवादित छ गुठि बिधेयक ?

विविध

दफा ३ र २३
राष्ट्रिय गुठि प्रधिकरणले सबै गुठीका चल, अचल सम्पति प्राप्त गर्न , भोगचलन गर्न र आवस्यकतानुसार बेचबिखन गर्न सक्ने छ।

सम्भावित परिणाम
गुठि संचालनको अभिभारा स्थानीय गुथियारका हातबाट खोसेर कर्मचारी , सरकारले नियुक्त गरेका प्रमुख कार्यकारी , पुजारी आदिलाई सुम्पन सक्ने ।

दफा ४ च
निजि गुठीलाई सार्वजनिक गुठीमा परिणत गरि संचालन गर्ने, गराउने।

सम्भावित परिणाम
निजि गुठि नियंत्रण गर्ने, निजि गुठीमा पनि सरकारी हस्तछेप हुने।

दफा १८
प्रधिकरनाका नाममा अक्षय कोष स्थापना गर्ने , गुठीका तैनाथी जग्गा बिक्रिबाट प्राप्त हुने रकम उक्त अक्षय कोषको श्रोत हुने।

सम्भावित परिणाम
सस्तो मोल तिरेर जो सुकैले गुठीको जग्गा किन्न बाटो खुल्ने, गुठीको स्वामित्वमा रहेको जग्गा भूमाफियाको हातमा जान सक्ने।

दफा २२
गुठि वा धार्मिक स्थल स्थापना गर्न सरकारको स्वीकृति लिनुपर्ने।
मठमन्दिर निर्माण पस्च्यात अविछिन्न रुपमा संचालन गर्न लाग्ने श्रोत खुलाउन पर्ने।

सम्भावित परिणाम
दाता खोजेर गरिने संस्कृतिको निरन्तरता र मठ मन्दिर निर्माण जस्ता कार्य स्वतन्त्र रुपमा गर्न नपाउने , सोसँग सम्बन्धित कुनै पनि कार्यको लागि सरकारी स्वीकृति लिनुपर्ने। जनसहभागितामा बन्ने मन्दिर निर्माण कठिन हुन सक्ने।

दफा २४
अदालातबाट भएका फैसला, आदेश, मिलापत्र, निर्णय वा कुनैपनि लिखत वा परम्पराको आधारमा पाएको गुथियार्को धार्मिकस्थल उपरको सबै अधिकार स्वत समाप्त हुने। गुठियारलाई अधिकार दिने त्यस्ता लिखत स्वत निस्क्रिय हुने।

सम्भावित परिणाम
हाल रहेका र पूर्व फैसला भएका सबै अधिकारहरु स्वत समाप्त हुने।

दफा २५
गुठीको आम्दानी, खर्च, पुजा ,जात्रा आदिको पद्दति ऐन लागु भएको छ महिना भित्र दर्ता गर्नुपर्ने।

सम्भावित परिणाम
विभिन्न गुठि, पुजाबिधि र अन्य पद्दतिहरु प्रचलित मूल्य , मान्यता बिपरित ,सम्बन्धित व्यक्ति र समुदायको इच्छा बिपरित सार्वजनिक गर्नुपर्ने

दफा २७
आम्दानीका आधारमा मन्दिर तथा धार्मिक स्थलको बर्गिकरण

सम्भावित परिणाम
मठ मन्दिर ऐतिहासिक र सांस्कृतिक आधारमा नभई व्यबसायिक रुपमा विकास हुन सक्ने

दफा ३१
धार्मिकस्थल परिसरमा छायांकन अथवा अन्य क्रियाकलाप गर्न तथा धार्मिक नाममा कम्पनि, फर्म वा उद्योग खोल्न छुट

सम्भावित परिणाम
धार्मिकस्थल नाफमुखी हुने

दफा ३१ (झ )
स्वीकृति नलिई धर्मिक्स्थाल्को नाम प्रयोग गरि आफ्नो कम्पनि , फर्म तथा उद्योगको नाम राख्नेलाई पटकै पिच्छे पच्चीस हजार जरिवाना

सम्भावित परिणाम
धार्मिकस्थलको नामसंग मिल्दोजुल्दो टोल, छिमेक, स्थान र व्यक्तिगत नाम राखी काम गर्न कठिनाई हुने

दफा ५६
गुठीको जग्गामा भोगचलन गर्दै आएका किसान वा निजको कानुन बमोजिमको हकवालाले प्रमाण लिएर आए निवेदकलाई सो जग्गाको मोहियानी हक प्राप्त हुने।

सम्भावित परिणाम
गुठीको जग्गा रैतानी गर्दा दुरुपयोग भएको भन्दै २०६५ बैशाख ११ गते रोक्न गरेको फैसला बिपरित गुठीको जग्गा दुरुपयोग हुने सम्भावना

दफा ७३
गुठी जग्गाको चक्लाबन्दी मिलाउन आवस्यक देखेमा सत्तापत्ता गरि मिलाउन सक्ने।

सम्भावित परिणाम
चक्लाबन्दिको नाममा महँगो ठाउँको जग्गा लिई गुठीलाई सस्तो ठाउँको जग्गा दिनसक्ने, भूमाफियाको क्रियाकलाप बढ्ने