प्रधानमन्त्री ओली स्वदेश फिर्ता, गुठी विधेयक सच्याउने प्रतिवद्धता

विविध

 

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली नौ दिने युरोप भ्रमण सकेर आइतवार स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री ओली गत जेठ २५ गते युरोपियन मुलुकहरु स्वीजरल्याण्ड,बेलायत र फ्रान्सको भ्रमणमा जानु भएको थियो ।स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा संचारकर्मीसंगको कुराकानीमा प्रधानमन्त्री ओलीले सरकारले संसदमा पेश गरेको गुठी सम्बम्धि बिधेयमा त्रुटी रहे सच्याउने प्रतिवद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले गुठी बिधेयकको बिरोध र आन्दोलन गर्ने मौका सरकारले नदिने समेत दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले जनतालाई दुख दिन नचोको भन्दै सरोकारवाला पक्षसंग वार्ता गरेर समस्याको समाधान खेजिने उल्लेख गर्नुभयो ।प्रधानमन्त्री ओलीले स्थानीय तहका लागि लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न गरेको बिज्ञापनवारेको बिवाद अदालतमा बिचाराधीन रहेकाले त्यसमा बोल्न नमिल्ले बताउनु भयो । उहाँले आफनो यूरोप भ्रमण सफल रहेको दाबी गर्नुभयो ।