
काठमाडौं, ३२ जेठ । लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर गुमाएका छन्। दलालको विश्वासमा पर्दा उनलाई पुर्याउन गएका बा र मामाको झन्डै मिर्गाैला गुमेको थियो।
गत वर्ष पुसमा उनको भेट क्यानडा लैजाने दलालसँग भयो। दलालको सल्लाहअनुसार उनी तयारीमा जुटे। यस क्रममा उनले क्यानडामा रहेका नेपालीसँग फोनमा कुराकानी पनि गरे। अनि ढुक्क भएर माघ २२ गते दिल्लीतर्फ उडे।

दिल्लीमा ती युवकको भेट नुवाकोटका योगेश सापकोटासँग हुन्छ। उनलाई सापकोटाले दिल्लीस्थित एक होटलमा पुर्याउँछन्। होटलमा अन्य दुई नेपाली र भारतीय नागरिक पनि हुन्छन्।
होटलमा बाबु र मामालाई चिया, चिसो र पानी खुवाउन कर गरे पनि उनीहरूले पिउँदैनन्। पैसा बोके–नबोकेको बुझ्न दलालले होटलमा पैसा देखाउन भन्छन्। डलरको बिटो देखेपछि दलालहरू ढुक्क हुन्छन्।
युवकका बाबु र मामा झन्डै दुई घन्टा कुरेपछि चिया खान बाध्य हुन्छन्। चियाको दुई सुर्को लगाउनेबित्तिकै दुवै जना बेहोस हुन्छन्। तर दलालले मिर्गौला र हस्पिटलको कुरा गरेको सुन्छन्।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
