रसुवा भन्सार कार्यालयमा राजस्व संकलन बढ्यो

विविध

काठमाडौं, १८ जेठ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्षको कात्तिकदेखि चैतसम्म संकलन गरेको राजस्वको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा करिब चार गुणा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले गत कात्तिकदेखि चैतसम्ममा ५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । कार्यालयले ०७४ को सोही अवधिमा १ अर्ब ३३ करोड मात्र राजस्व संकलन गरेको थियो ।

अर्थ मन्त्रालयका अनुसार ०७५ कात्तिकदेखि चैत मसान्तसम्म ७ हजार ५ सय कन्टेनर नेपाल प्रवेश गरेका थिए । ०७४ को सोही अवधिमा ६ हजार १ सय कन्टेनर नेपाल भित्रिएका थिए । अर्थ मन्त्रालयको तथ्यांकअनुसार कन्टेनरको संख्यामा भने १ हजार ४ सय मात्र वृद्धि भएको छ ।