बीमाको पहुँचमा उल्लेखनीय सुधारः अर्थमन्त्री खतिवडा

विविध

काठमाडौं ।सरकारले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा आम सर्वसधारणमा बीमाको पहुँच उल्लेखनीय रुपमा विस्तार भएको उल्लेख छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्दै एक वर्षमा बीमाको पहुँच विस्तारमा उल्लेखीय सुधार भएको बताएका छन् ।अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको फागुन महिनामा बीमाको पहुँच १८ प्रतिशत पुगेको जानकारी दिँदै आर्थिक वर्षको अन्त्यसम्ममा अझै बृद्धि हुने बताएका छन् ।संसदलाई संवोधन गर्दै अर्थमन्त्री खतिवडाले पहिलो पटक बीमाको पहुँचमा १८ प्रतिशत नागरिक रहेको जानकारी दिए ।