मलेसिया जाने प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने

विविध

काठमाडौं, १२ जेठ । मलेसिया जान चाहने नेपाली श्रमिकको लागि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै टुंगो लाग्ने भएको छ ।मलेसियाका मानव संसाधन मन्त्री एम कुलसेगरनसँग मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भेट गरेर नेपाली श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटका सम्बन्धमा चाँडै निकास निकालिने जानकारी दिएका हुन् ।राजदूत पाण्डेले  मलेसियाका मानव संसाधन मन्त्री कुलासेसँगको भेटका क्रममा नेपाल र मेलेसिया सरकारबीच भएको द्विपक्षीय श्रम सम्झदारीअन्तर्गत रही सुरक्षा गर्न थप उपायबारे पनि छलफल भएको जानकारी दिए ।