२०७७ जेष्ठ २४ : काठमाडौँ – बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस सम्भावित खोपको उत्पादन सुरु गरेको छ । यो खोप पहिलो चरणको परीक्षणहरुमा सफल भएको छ ।
यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको सहयोगमा विकास गरिएको, यो खोप अहिले पनि परीक्षणकै क्रममा रहेको छ । उक्त कम्पनीले विश्वभर यो खोपको २ अर्ब डोज सप्लाई गर्न सक्षम हुने दाबी गर्दै आएको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु पछिल्ला महिनादेखि खोप परीक्षणमा खटिरहेका छन् ।
