चार महिनामा यारी भन्सारद्वारा रु सोह्र लाख बढी राजश्ज संकलन

आर्थिक

हुम्ला । हुम्लाको उत्तरी चीनसँगको सिमा जोडिएको हिल्सामा स्थापना भएको यारी भन्सार कार्यालयले चार महिनाको अवधिमा रु सोह्र लाख ६५ हजार रुपैयाँ राजश्व ससंकलन गरेको छ । यो आर्थिक वर्षको साउन यतादेखि कात्तिक मध्यसम्ममा रु सोह्र साल रुपैयाँ बढी राजश्व संकलन गरिएको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

कार्यालय आफ्नो राजश्व संकलन लक्ष्य भन्दा प्रत्येक आर्थिक वर्षमा संकलन गर्दै आइरहेको कार्यालय प्रमुख जैसीको भनाइ छ । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेको उनको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लांकेट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए ।

दुई दिनको हिमपातले रावश्व प्रभावित 

हुम्ला सहित देशभर परेको वर्षा र हिमपातले पछिल्लो यारी नाका भन्सार कार्यालयलको राजस्व असुली कार्य प्रभावित भएको छ । हिल्सामा भएको हिमपातले चीनको पुराङ काउण्टीबाट व्यापारी र अन्य सामान खरिदका लागि गएका स्थानीय फिर्ता आउन सक्ने अवस्था नरहेको कारण राजस्व असुली प्रभावित भएको हो ।

उनले हिमपात भएकोले ताक्लाकोटबाट सामान ल्याएर आउने व्यापारी र अन्य मानिसहरु फिर्ता आउन रोकिएको कारण हिल्सामा राजस्व असुली कार्य पनि रोकिएको जानकारी दिए ।दुवै दिन ताक्लाकोटबाट एक जना मानिस पनि फिर्ता आएका छैनन । राजस्व असुली कार्य रोकिएपछि भन्सारका कर्मचारीहरु कार्यालयमा आगो तापेर बस्नु परि रहेको उनको भनाई छ ।

दाने बोहरा,नेपाल न्यूज बैंक