काठमाडौं । हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्रफको गाडीमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्रफको गाडीमाथि आक्रमण गरेका थिए।
घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको जनाइएको छ। भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्रफ सुरक्षित रहेको, तर उनका गाडी चालकसहित दुई जना घाइते भएको जनाएको छ।
घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १५ वटा टोली गठन गरेको बताइएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। टाइगर श्रफ चर्चित अभिनेता ज्याकी श्रफका छोरा हुन्। (एएनआई)



