Credit Expansion ले Momentum लिँदै, तर Consumption & Trade मै Bank Lending केन्द्रित

Headlines बैंक/वित्त

काठमाडौं । वाणिज्य बैंकहरूको Weighted Average Lending Rate घटेर ६.३८ प्रतिशतमा झरेसँगै Credit Flow मा विस्तार देखिएको छ। नेपाल राष्ट्र बैंकको २०८३ भदौसम्मको तथ्यांकअनुसार साउनमा ६.४८ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर एक महिनामै ०.१० Percentage Point ले घटेको हो। गत असारमा यस्तो दर ६.५५ प्रतिशत थियो।

Credit Portfolio Expansion पनि तीव्र देखिएको छ। साउनमा रु.५१ खर्ब ९५ अर्ब ९८ करोड रहेको वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह भदौमा बढेर रु.५२ खर्ब ४९ अर्ब १७ करोड पुगेको छ। यसअनुसार एक महिनामै Credit Outstanding रु.५३ अर्ब १९ करोडले विस्तार भएको छ।

तर Sector-wise Credit Allocation हेर्दा कर्जाको ठूलो हिस्सा उपभोग र व्यापार क्षेत्रमा केन्द्रित देखिन्छ। भदौसम्म उपभोग कर्जातर्फ रु.११ खर्ब ५१ अर्ब ९६ करोड र थोक तथा खुद्रा व्यापार क्षेत्रमा रु.९ खर्ब ६० अर्ब ५ करोड प्रवाह भएको छ। यी दुई क्षेत्रको संयुक्त कर्जा रु.२१ खर्ब १२ अर्ब १ करोड पुगेको छ, जुन कुल कर्जाको करिब ४०.२४ प्रतिशत हो।

यसले Lower Lending Rates and Rising Credit Flow को संकेत गरे पनि कर्जा विस्तारको गुणस्तर र क्षेत्रगत वितरणबारे महत्त्वपूर्ण प्रश्न उठाएको छ। Credit Demand बढ्नु सकारात्मक भए पनि त्यसको ठूलो हिस्सा उपभोग र व्यापारमा केन्द्रित हुँदा उत्पादन, उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा कर्जा विस्तारको प्रभावकारिता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

Consumption & Trade मा बैंकको रु.२१ खर्बभन्दा बढी कर्जा

क्षेत्रगत विवरणअनुसार उपभोग कर्जामा सबैभन्दा बढी रु.११ खर्ब ५१ अर्ब ९६ करोड प्रवाह भएको छ। साउनमा रु.११ खर्ब ४२ अर्ब १३ करोड रहेको यस्तो कर्जा एक महिनामा रु.९ अर्ब ८३ करोडले बढेको हो। यस शीर्षकको Weighted Average Interest Rate ७.१६ प्रतिशत छ।

त्यस्तै, थोक तथा खुद्रा व्यापार क्षेत्रमा रु.९ खर्ब ६० अर्ब ५ करोड कर्जा प्रवाह भएको छ। साउनमा रु.९ खर्ब ३८ अर्ब ५१ करोड रहेको यस्तो कर्जा भदौमा रु.२१ अर्ब ५४ करोडले विस्तार भएको हो। यस क्षेत्रको औसत ब्याजदर ६.३६ प्रतिशत छ।

Credit Allocation को तथ्यांकले उपभोग र व्यापार क्षेत्रमा बैंकिङ कर्जाको ठूलो हिस्सा केन्द्रित रहेको देखाउँछ। यस्तो अवस्थामा उत्पादन, रोजगारी तथा निर्यात विस्तारमा योगदान पुर्‍याउने क्षेत्रमा कर्जा प्रवाहको अवस्था पनि महत्त्वपूर्ण हुन्छ। यद्यपि, कर्जाको वर्गीकरणका आधारमा मात्रै उपभोग वा व्यापार क्षेत्रमा प्रवाहित सबै कर्जालाई अनुत्पादक मान्न मिल्दैन।