काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकमा हाल वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) को जिम्मेवारीमा रहेका भट्टराईले आगामी कात्तिक १५ गतेदेखि सीईओको कार्यभार सम्हाल्नेछन्।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अजयविक्रम शाहले सम्हाल्दै आएका छन्। शाहको दुई कार्यकालको अवधि समाप्त हुन लागेसँगै बैंकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार भट्टराईको नियुक्ति आगामी कात्तिक १५ गतेदेखि लागू हुनेछ।



