२०८३ आश्विन २५

बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह

Headlines समाचार

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म तत्काल सूचना पुर्‍याउन अपिल गरिएको छ ।

सम्भावित जोखिममा रहेका बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्न र आवश्यक परे खोज तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।