महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी महा सोमबार’ योजना

बैंक/वित्त

महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ ।

योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन् ।

डेबिट कार्डवाहकले न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म छुट पाउनेछन् ।

त्यस्तै, क्रेडिट कार्डवाहकले सोही रकमको सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार योजना हरेक सोमबार मात्र लागू हुनेछ । सीमित संख्यामा तथा पहिले आउनेलाई प्राथमिकताका आधारमा छुट उपलब्ध हुने भएकाले ग्राहकले समयमै योजनाको लाभ लिन सक्नेछन् ।

डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्ने उद्देश्यले योजना ल्याइएको बैंकले जनाएको छ ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा क्याफेसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ ।