पाल्पा । माथागढी गाउँपालिका–२, रुक्सेमा बारीको ढिस्को खस्दा घर पुरिएर एक जनाको मृत्यु भएको छ ।
बिहान करिब २ः३० बजे बारीको ढिस्को खस्दा ७५ वर्षीय शेरबहादुर चिडी मगरको घर पुरिएको हो । ढिस्कोले घर पुरिएपछि घरभित्र रहेका मगरलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो ।
उपचारका क्रममा बिहान ९ः०५ बजे चिकित्सकले मगरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका क्रममा घरमा रहेका अन्य चार जना भने सकुशल रहेका छन् । घटनासम्बन्धी थप विवरण तथा क्षतिको अवस्थाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


