काठमाडौं । निरन्तरको वर्षापछि राहुगंगा नदीमा आएको बाढीले राहुगंगा जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पु¥याएको छ ।
बाढीका कारण आयोजनाको संरचना तथा विद्युत् प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको हो ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा अवस्थाको मूल्याङ्कन गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।
क्षतिको मूल्याङ्कनपछि आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाउन प्राविधिक टोली परिचालन गरिएको छ ।


