तराई मधेशमा आज कुश संकलन गरेर नजिकको तलाउ, पोखरी आदिमा स्नान गरी पितृको स्मरण र शान्तिको कामना गरिँदैछ ।
अन्य स्थानमा भने भोलीदेखि सुरु हुने भएपनि तराई क्षेत्रमा पूर्णिमाको दिनदेखि नै तर्पण गरिन्छ ।
यसै क्रममा जनकपुरधामस्थित ऐतिहासिक गंगासागर पोखरीमा हजारौंको संख्यामा तर्पण गर्नेहरुको भीड उम्रिएको छ ।
तस्विरहरू : सञ्जय यादव, नेपाल न्यूज बैंक



