कार्यवाहक प्रधानमन्त्री वाग्ले र अमेरिकी कार्यवाहक राजदूत बाउल्डिनबीच भेटवार्ता

Headlines राजनीति

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध तथा दुई देशबीचका आर्थिक चासोका विषयमा छलफल भएको थियो।

भेटमा अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी तथा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।