सार्वजनिक खरिद ऐन संशोधन गर्न व्यवसायीको माग

विविध

काठमाडौं, २० बैशाख । नेपाल निर्माण व्यवसायी संगठनले सार्वजनिक खरिद ऐनमा संशोधन गर्न माग गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले हाल लागु भइरहेको सार्वजनिक खरिद ऐनमा संशोधन नगरे विकाश निर्माण नै रोकिने बताएको छ । पत्रकार सम्मेलनमा संगठनका संयोजक यक्षध्वज कार्कीले हालको ऐनमा बोलपत्र आवेदकले लागत अनुमान अंकको १५ प्रतिशतभन्दा बढि घटेर ठेक्का कबोल गर्ने बोलपत्र दाताले थप धरौटी राख्नुपर्ने ब्यबस्थाले साना ब्याबसायी मारमा परेको बताउनु भयो । थप धरौटीको व्यवस्था अव्यवहारिक भएकोले तत्काल खारेज गर्नुपर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा ब्याबसायीहरुले स्वदेशी लगानीबाट स्थापित निर्माण कम्पनीहरु कमजोर हुने र विकाश निर्माण ठेक्का नै लाग्न नसक्ने भन्दै यसबारे समयमै सरकार सचेत हुन आग्रह गरे ।