माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले करसहित कुल ६ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।
बैंकले साधारण सेयरधनीहरूका लागि ३.०० प्रतिशत बोनस सेयर र ३.०० प्रतिशत नगद लाभांश गरी कुल ६.०० प्रतिशत लाभांश प्रस्ताव गरिएको छ। यसमध्ये ३.०० प्रतिशत बोनस सेयरबापत ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ र ३.०० प्रतिशत नगद लाभांशबापत ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ बराबरको रकम छुट्ट्याइएको छ। नगद लाभांशमा बोनस सेयर र नगद लाभांशको कर समेत समावेश छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।


