काठमाडौं । स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ ।
प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रूपमा बजारमा ल्याएको हो ।
नयाँ भेरियन्टमा १२ जीबी ¥याम र ५१२ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ । ठूलो स्टोरेजका कारण प्रयोगकर्ताले फोटो, भिडियो, एप, गेम, डकुमेन्ट तथा अन्य डिजिटल सामग्री पर्याप्त मात्रामा भण्डारण गर्न सक्ने कम्पनीको दाबी छ ।
विशेषगरी धेरै फोटो तथा भिडियो खिच्ने, गेम खेल्ने र स्मार्टफोनमै ठूलो संख्यामा फाइल राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट ल्याइएको हो ।
६.५७ इन्चको ब्ःइीभ्म् डिस्प्ले
अनर ६०० प्रोमा ६.५७ इन्चको ब्ःइीभ्म् डिस्प्ले दिइएको छ । कम्पनीका अनुसार डिस्प्लेले अधिकतम ८ हजार निट्ससम्मको ब्राइटनेस प्रदान गर्छ । यसले बाहिरी उज्यालो वातावरणमा समेत स्क्रिनमा देखिने सामग्रीलाई स्पष्ट बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।
चलचित्र तथा भिडियो हेर्ने, सामाजिक सञ्जाल चलाउने, गेम खेल्ने तथा वेब ब्राउजिङ गर्ने क्रममा इमर्सिभ दृश्य अनुभव दिने गरी डिस्प्ले डिजाइन गरिएको छ ।
२०० मेगापिक्सेलको मुख्य क्यामेरा
फोटोग्राफीका लागि अनर ६०० प्रो मा २०० मेगापिक्सेल प्लस ५० मेगापिक्सेल प्लस १२ मेगापिक्सेलको ट्रिपल रियर क्यामेरा सिस्टम राखिएको छ । उच्च रिजोलुसनको मुख्य क्यामेराले तस्बिरमा बढी विवरण कैद गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, सेल्फी तथा भिडियो कलका लागि ५० मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । कम्पनीले यो क्यामेरा प्रणालीलाई दैनिक फोटोग्राफीसँगै कन्टेन्ट निर्माण गर्ने प्रयोगकर्तालाई समेत लक्षित गरेको जनाएको छ ।
स्न्यापड्रागन ८ को उच्चस्तरीय प्रोसेसर
यो स्मार्टफोनमा स्न्यापड्रागत ८ को उच्चस्तरीय प्रोसेसर प्रयोग गरिएको छ । यसले गेमिङ, मल्टिटास्किङ, हेभी एप्लिकेसन सञ्चालन तथा दैनिक प्रयोगमा उच्चस्तरीय प्रदर्शन दिने कम्पनीको दाबी छ ।
१२ जीबी ¥यामका कारण एकैपटक धेरै एप सञ्चालन गर्दा तथा एपहरूबीच स्विच गर्दा सहज अनुभव प्राप्त हुने अपेक्षा गरिएको छ । स्मार्टफोनमा एन्ड्रोइड १६ मा आधारित म्याजिक ओएस १० प्रयोग गरिएको छ ।
सात हजार एमएएच ब्याट्री
अनर ६०० प्रोको अर्को प्रमुख विशेषता यसको सात हजार मिलिअम्पियर–आवर (एमएएच) क्षमताको ब्याट्री हो । कम्पनीले लामो समयसम्म स्मार्टफोन प्रयोग गर्न सकिने गरी ठूलो ब्याट्री राखिएको जनाएको छ ।
ब्याट्रीलाई ८० वाट अनर सुपर चार्ज फास्ट चार्जिङले सपोर्ट गर्छ । यसले कम समयमा फोन चार्ज गरी पुनः प्रयोगमा ल्याउन सहयोग गर्ने कम्पनीको दाबी छ ।
मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ
नेपालमा अनर ६०० प्रो को १२ जीबी प्लस ५१२ जीबीको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार स्मार्टफोन नेपालभरका अधिकृत अनर स्टोरबाट खरिद गर्न सकिनेछ ।
कम्पनीले नयाँ स्मार्टफोनलाई प्रिमियम डिजाइनसँगै उच्च प्रदर्शन, ठूलो स्टोरेज, शक्तिशाली क्यामेरा र लामो ब्याट्री ब्याकअप चाहने प्रयोगकर्तालाई लक्षित गरेको जनाएको छ । खासगरी फोटोग्राफी तथा कन्टेन्ट क्रिएसनमा रुचि राख्ने, गेमिङ गर्ने र स्मार्टफोनमा ठूलो परिमाणमा डिजिटल सामग्री भण्डारण गर्ने प्रयोगकर्ताका लागि ५१२ जीबी स्टोरेज यसको प्रमुख आकर्षणका रूपमा रहेको छ ।


