पोखरा । त्रिवेणी समुह अन्तर्गत त्रिवेणी ब्यापार कम्पनीद्वारा प्रवर्तित इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेसको रिटेल चेन ‘बिग डिजिटल’ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। बिग डिजिटलले यही भदौ २० गते सभागृह चोकस्थित इलेक्ट्रो गृहमा नयाँ सोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।
उक्त नयाँ सोरुमको उद्घाटन त्रिवेणी ब्यापार कम्पनीका प्रबन्ध निर्देशक शैलेश संघाई र सोनित मान श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

नयाँ शाखामा ग्राहकले १० भन्दा बढी चर्चित ब्रान्डका घरायसी उपकरणहरू पाउनेछन्। सोरुममा यासुदा, सामसुङ, पानासोनिक, सान्सुई, अकारीटेक, बजाज, प्रेस्टिज, हकिन्स, सिम्फोनी र बोनेयर जस्ता ब्रान्डका सामग्रीहरू उपलब्ध छन्। ग्राहकले एलईडी टिभी, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर (एसी), एयर कुलरलगायतका विभिन्न आधुनिक घरायसी विद्युतीय उपकरणहरू एकै छानामुनि खरिद गर्न सक्नेछन् ।

सोरुम उद्घाटनको अवसरमा कम्पनीले ग्राहकहरूका लागि विशेष उपहार तथा चाँदीको सिक्का प्रदान गरेको थियो। साथै, लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकलाई यासुदाको ६ लिटर क्षमताको एयर फ्रायर उपहारस्वरूप प्रदान गरिएको थियो।
देशभर आफ्नो सेवा सञ्जाल विस्तार गर्दै आएको बिग डिजिटलको यस नयाँ शाखा सभागृह चोकमा रहेको छ भने ग्राहकले थप जानकारीका लागि ९८५६०६७२५५ मा सम्पर्क गर्न सक्नेछन् ।
त्रिवेणी समूह नेपालको एक अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना हो। सन् १९४० मा कपडा व्यापारबाट सुरु भएको यस समूहले हाल नेपालका विभिन्न प्रमुख क्षेत्रहरूमा लगानी तथा व्यवसाय विस्तार गरेको छ।


