ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश दिने

बैंक/वित्त

काठमाडौं — ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ।

भदौ १७ गते बसेको बैंक सञ्चालक समिति बैठकले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो। नगद लाभांशमा करसमेत समावेश छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण हुनेछ।