रसुवा बाढीमा निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार

Headlines समाचार

काठमाडौँ, १५ भदौः रसुवामा आएको बाढीमा परी निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।

पशुपति क्षेत्र विकास कोषले बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको कोषका सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए।

दाहसंस्कारसम्बन्धी व्यवस्थाका लागि शरदराज वैद्यलाई ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने कोषले जनाएको छ। थप जानकारीका लागि कोषको कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ।

विपद्को समयमा एकअर्कालाई सहयोग गर्दै मानवता जोगाउने उद्देश्यले निःशुल्क दाहसंस्कारको व्यवस्था गरिएको कोषले जनाएको छ।