हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

बैंक/वित्त

हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो। श्रेष्ठको राजीनामा स्वीकृत भएको चार दिनपछि सञ्चालक समितिले अर्याललाई अध्यक्ष नियुक्त गरेको हो।

पूर्वमुख्यसचिव अर्याल यसअघि नै हिमालयन बैंकको सञ्चालकका रूपमा कार्यरत थिए। उनी नेशनल लाइफ इन्स्योरेन्सको प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा आएका थिए।

सरकारी सेवामा लामो समय काम गरेका अर्यालले अर्थ, प्रशासन तथा सार्वजनिक व्यवस्थापनका क्षेत्रमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनले नेपाल सरकारको मुख्यसचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

प्रशासनिक तथा सार्वजनिक व्यवस्थापनमा लामो अनुभव भएका अर्यालको नियुक्तिलाई बैंकको संस्थागत सुशासन र रणनीतिक नेतृत्वका दृष्टिले महत्वपूर्ण मानिएको छ।

नयाँ अध्यक्षका रूपमा अर्यालले बैंकको रणनीतिक नेतृत्व, संस्थागत सुशासन तथा समग्र बैंकिङ गतिविधिलाई अघि बढाउने जिम्मेवारी सम्हाल्नेछन्।