रामेछाप । रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन् ।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन् । बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ ।
प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन् ।

बेपत्ता भएका भनिएका व्यक्तिहरूको नामावली ः
१.दिलबहादुर प्रधान—रामेछाप—३ साँघुटार
२. उत्तम प्रसाईं—खाँडादेवी—४ पकरबास
३.डम्बरबहादुर मगर—दोरम्बा शैलुङ –२ दोरम्बा
४.सूर्यबहादुर मगर—दोरम्बा शैलुङ –२ दोरम्बा
५. वमबहादुर मगर—दोरम्बा शैलुङ–२ दोरम्बा
६.तारानाथ चौलागाईं (नवराज)—दोरम्बा शैलुङ–६, माथिल्लो ढाडे
७.सुन्दर श्रेष्ठ—मन्थली–१ मन्थली
८.मीन आले मगर—रामेछाप–४ हिमगंगा
९.नवराज आले मगर—रामेछाप–४ हिमगंगा
१०.राजु गजमेर (बिजुल)—गोकुलगंगा–४ बेताली
११.ईश्वरीबहादुर खड्का (कुमार)—गोकुलगंगा–४ बेताली
१२. टलकबहादुर भण्डारी—खाँडादेवी–८ गागल
१३.सुमनविक्रम कार्की—रामेछाप–७ हिलेपानी
१४.गुन्ज श्रेष्ठ—रामेछाप.१ गोठपानी
१५.नवराज श्रेष्ठ—रामेछाप—१ गोठपानी
१६.राजन श्रेष्ठ—रामेछाप—१ गोठपानी
१७.पेन्जु लामा (विशाल)—दोरम्बा शैलुङ–१ डडुवा
१८.लाक्पा दोर्जे शेर्पा—दोरम्बा शैलुङ–१ डडुवा
१९.निरा थापा—दोरम्बा शैलुङ–४ गौश्वारा
२०.ङिमा शेर्पा—उमाकुण्ड–१, तेछिम
२१.बुद्धिमान तामाङ—लिखु तामाकोशी–५ नागदह
२२.कुशल बुढाथोकी—लिखु तामाकोशी–५ नागदह, भालुखोप
२३.प्रकाश मंग्राती—खाँडादेवी–४ पकरबास
२४.मधुकुमार कार्की—उमाकुण्ड
२५. हेमलाल श्रेष्ठ
२६. दीपक भुजेल—मन्थली–१ मन्थली
उक्त विवरण प्रारम्भिक भएकाले खोजी तथा उद्धारको क्रममा बेपत्ता व्यक्तिको संख्या वा विवरणमा थपघट हुन सक्ने जनाइएको छ । सम्बन्धित निकायबाट प्राप्त आधिकारिक तथा पछिल्लो विवरणलाई आधार मानी थप सूचना सार्वजनिक गरिने बताइएको छ ।


