काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। मूल्यसूचीअनुसार तरकारीतर्फ पालुङ्गो साग प्रतिकिलो २५० रुपैयाँ, पार्सले १ हजार ५०० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँसम्म पुगेको छ।
मुख्य तरकारीमा ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ, भारतीय १०० रुपैयाँ, सानो लोकल गोलभेँडा ५० रुपैयाँ र टनेल गोलभेँडा ७३ रुपैयाँ तोकिएको छ। रातो आलु ५१ देखि ५३ रुपैयाँ र सेतो आलु ३८ रुपैयाँ प्रतिकिलो छ। भारतीय सुकेको प्याजको मूल्य ८० रुपैयाँ छ।
गाजर लोकल १२० रुपैयाँ र तराईको ८० रुपैयाँ प्रतिकिलो छ। स्थानीय बन्दा ५०, स्थानीय काउली ११०, रातो मूला ३० र सेतो हाइब्रिड मूला ३५ रुपैयाँ प्रतिकिलो छ। लाम्चो भन्टा ४० र डल्लो भन्टा ६० रुपैयाँ छ।

बोडी तने ९० रुपैयाँ, मकै बोडी १२०, घिउ सिमी १००, टाटे सिमी ८० र भटमास कोसा १३० रुपैयाँ प्रतिकिलो छ। तीते करेला ५०, लौका ६०, परवर ८०, चिचिण्डो र घिरौँला ३०–३० तथा झिगुनी ७० रुपैयाँ छ। भिन्डी ५०, पिँडालु ८० र स्कुस ६० रुपैयाँ प्रतिकिलो छ।
सागपातमा रायोसाग १५०, पालुङ्गो २५०, तोरीको साग १०० र हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो छ। कन्य च्याउ ३००, डल्ले च्याउ ५०० र राजा च्याउ ३३० रुपैयाँ प्रतिकिलो छ।
विशेष प्रकृतिका कृषिउपजमा कुरिलो ५००, निउरो १००, ब्रोकाउली १६०, सजीवन २५०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १ हजार ५००, पुदिना ५०० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो छ।
फलफूलतर्फ फुजी स्याउको मूल्य प्रतिकिलो ३५० रुपैयाँ पुगेको छ। नेपाली केरा दर्जनको ३००, मालभोग केरा २००, कागती ३००, अनार ३००, मालदह आँप २८० र चोसा आँप २५० रुपैयाँ प्रतिकिलो छ।
तरबुजा ६०, जुनार ३००, भुइँकटहर प्रतिगोटा २००, लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो २०, रुखकटहर ६० र लोकल नास्पाती ९० रुपैयाँ प्रतिकिलो छ। चिनियाँ नास्पाती २५०, नेपाली मेवा ८०, भारतीय मेवा १००, लप्सी ६०, किबी ४००, एभोकाडो २५० र अमला २०० रुपैयाँ प्रतिकिलो छ।
मसला तथा अन्य वस्तुमा अदुवा २३०, सुकेको खुर्सानी ५५०, लाम्चो र बुलेट हरियो खुर्सानी ७०–७०, अकबरे खुर्सानी ३००, हरियो लसुन १५० र हरियो धनियाँ ५०० रुपैयाँ प्रतिकिलो छ। चिनियाँ सुकेको लसुन २३० र नेपाली सुकेको लसुन २०० रुपैयाँ प्रतिकिलो छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु ३७०, बचुवा ३४० र छडी माछा ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।


