Gurkha Edition: Royal Enfield ले Classic ३५० मा जोड्यो नेपाली वीरताको Legacy

बजार

काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा, वीरता र गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै Classic ३५० Gurkha Edition नेपाली बजारमा सार्वजनिक गरेको छ।

गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपाली पहिचान र गोरखा विरासतसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ।

Classic ३५० मा Gurkha Touch

विशेष संस्करणमा आकर्षक Gurkha Green रङ प्रयोग गरिएको छ। साथै, गोरखा पहिचानको प्रतीकका रूपमा लिइने Cross Khukuri को विशेष चिन्हसमेत समावेश गरिएको छ।

कम्पनीका अनुसार Classic ३५० को मौलिक डिजाइनलाई कायम राख्दै गोरखा विरासत झल्काउने विशेष डिजाइन एलिमेन्ट र फिचर थपिएका छन्।

रोयल इन्फिल्डका प्रमुख वाणिज्य अधिकृत यादवविन्दर सिंह गुलेरियाले Classic ३५० नेपाली राइडरमाझ लामो समयदेखि लोकप्रिय रहेको उल्लेख गर्दै Gurkha Edition मार्फत नेपालको पहिचानसँग जोडिएको विरासतलाई सम्मान गर्न पाएको बताए।

उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित भएकाले यही भावनालाई Classic ३५० को मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको हो।

‘नेपालको इतिहासलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास’
नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले Gurkha Edition ले नेपालको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरेको बताए।

उनले विशेष संस्करणले नेपाली राइडरलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।

J-Series Engine र Assist & Slip Clutch
Classic ३५० Gurkha Edition मा Classic सिरिजकै परिचित upright riding posture, डिजाइन तथा J-Series engine राखिएको छ।

सहज गियर सिफ्टका लागि मोटरसाइकलमा Assist & Slip Clutch समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

बाइकसँगै ‘Gurkha Collection’

रोयल इन्फिल्डले मोटरसाइकलसँगै Gurkha Collection पनि सार्वजनिक गरेको छ। गोरखा विरासतबाट प्रेरित यस कलेक्सनमा प्रिमियम राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेल तथा विभिन्न एसेसोरिज समावेश छन्।

कलेक्सनको डिजाइनमा Cross Khukuri, परम्परागत नेपाली ढाका बुनाइ तथा नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको कम्पनीले जनाएको छ।

Gurkha Collection मा Gurkha Green, Regimental Crimson, Tactical Olive Green, Matte Black र Warm Bronze जस्ता रङलाई प्राथमिकता दिइएको छ।

यससँगै रोयल इन्फिल्डले Classic ३५० लाई केवल मोटरसाइकलका रूपमा नभई नेपालको गोरखा विरासतसँग जोडिएको lifestyle identity का रूपमा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।