काठमाडौं । पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्। उनलाई ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको हो।
श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।


