प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत झाङको शिष्टाचार भेट

Headlines राजनीति

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत झाङले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री शाहले आजै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। प्रधानमन्त्रीले नेपालमा रहेका विदेशी राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने क्रममा चिनियाँ राजदूतसँग भेट गरेका हुन्।

भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ।