काठमाडौं , Cheaper Funds, Stronger Lending!—नबिल बैंक ले आर्थिक वर्ष २०८२/८३ मा कोषको लागत (Cost of Funds) उल्लेख्य रूपमा घटाउँदै कर्जा विस्तारका लागि आफ्नो प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाएको छ। बैंकको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार Cost of Funds अघिल्लो वर्षको ४.४१ प्रतिशतबाट घटेर ३.०९ प्रतिशतमा झरेको छ भने Base Rate पनि ५.८३ प्रतिशतबाट ४.४४ प्रतिशतमा सीमित भएको छ। यसले बैंकलाई तुलनात्मक रूपमा कम लागतमा स्रोत परिचालन गर्दै थप प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्रवाह गर्ने क्षमता बढेको संकेत गरेको छ।
कोषको लागत घटेसँगै बैंकको ब्याज खर्चमा कमी आएको छ, जसले नाफा तथा सञ्चालन दक्षतामा सकारात्मक प्रभाव पारेको देखिन्छ। तुलनात्मक रूपमा सस्तो स्रोतबाट निक्षेप व्यवस्थापन गर्न सफल भएपछि बैंकले कर्जा दर निर्धारणमा थप लचकता प्राप्त गर्ने र ब्याज आम्दानीको मार्जिन जोगाउने अवस्था सिर्जना भएको विश्लेषण गरिएको छ।
बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेप लागत घट्दै गएको अवस्थामा नबिलको Cost of Funds र Base Rate दुवैमा आएको उल्लेख्य सुधारले आगामी दिनमा कर्जा विस्तार, प्रतिस्पर्धात्मक ब्याजदर तथा दीर्घकालीन नाफा वृद्धिलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

कोषको लागत र आधारदरमा आएको गिरावटले आगामी दिनमा बैंकले थप प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्रवाह गर्न सक्ने क्षमता बढेको विश्लेषण गरिएको छ। यसले ग्राहकले तुलनात्मक रूपमा सस्तो दरमा कर्जा सुविधा पाउने अपेक्षा गर्न सक्ने आधार भने तयार भएको देखिन्छ।

