काठमाडौँ – दाङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४५४ पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन् ।
जेठ ५ गते भारतबाट आएका उनी घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा थिए । उनीसहित आएका पाँच जनामध्ये एक जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

