जेठ ७, २०७७ काठमाडौं : नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेकी अभिनेत्री मनिषा कोइरालाविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई एक ट्वीटर प्रयोगकर्ताले जवाफ फर्काएका छन्। कोइरालाकै नामबाट सञ्चालित एक ट्वीटर ह्याण्डिलमा प्रयोगकर्ताले लेखेका छन्, श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन।’ नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद! यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी थिइन्।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏 https://t.co/A60BZNjgyK
— Manisha Koirala (@mkoirala) May 18, 2020
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा जारी गरेपछि अभिनेत्री कोइरालाले सरकारी कदमको प्रशंसा गरेकी थिइन्। लगत्तै भारतीय मिडियाहरु र त्यहाँका केही मानिसहरुले कोइरालामाथि निकै तल्लोस्तरको टिप्पणी गरेका थिए।