काठमाडौं – कोरोना बिमा योजनामा आकर्षण बढेको छ । सरकारले कोरोना जोखिम न्यूनीकरण गर्न भन्दै योजना अगाडि सारेको थियो ।
बिमा समितिले मातहतका कम्पनीलाई वैशाख पहिलो साता कोरोनाको बिमा अनिवार्य रुपमा गर्न निर्देशन दिएको थियो । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् ।
समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।
