काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी असार ११ गतेसम्मका लागि स्थगित गरिएको छ।
शुक्रबार बसेको बैठकमा कार्यसूचीमाथिको छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन्।
आजको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेको छ। स्वीकृत अध्यादेशहरूमा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्।

यी अध्यादेशहरू प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै सम्बन्धित कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने बाटो थप सहज भएको छ।
