यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बैंक/वित्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०० पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०९ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।