शिशुसहित ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखियो

विविध

 २०७७ जेष्ठ ०४ : काठमाडौँ   – कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशु र थप तीन जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा। नागेन्द्र झाले कोरोना संक्रमण देखिएर मृत्यु भएकी महिलाको नवजात शिशु (छोरा), श्रीमान्, सासू र अस्पतालसम्म ल्याउन सहयोग गर्ने एक आफन्तलाई अस्पतालको आइसोलेसनमा राखिएको बताए ।

उनले शनिबार बेलुका ती चारैजनाको नमुना संकलन गरिएको छ । अहिले परीक्षणको क्रममा रहेको उनले जानकारी दिए । उनका अनुसार आज बेलुकासम्ममा त्यसको रिपोर्ट आउनेछ ।