कोरोना भाइरसबाट सिन्धुपाल्चोक निवासी एक सुत्केरी महिलाको अकालमा आज ज्यान गएको छ। मृतक महिलाको टिचिङ्ग अस्पतालबाट डेलिभरी भएको र सुत्केरी भएपछी टोखा ९ मा बसेको जानकारी आएकोले आज राति ९ बजेबाट टोखा ९ को काभ्रे डेरी देखिन अरुण डेरीसम्मको भाग सिल गरिएको छ र सिल गरिने अवाधिभर घरबाट कोहि पनि बाहिर ननिस्किन र लकडाउन पालना गर्न टोखा महानगरपालिकाले सूचना जारि गरेको छ ।
