थप दुई जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ सय ७८

विविध

२०७७ जेष्ठ ०३ : काठमाडौँ – नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको  छ । शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

स्वास्थ्य मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुईजनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय  ७८ पुगेको बताउनु भयो ।

तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेको र हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्कसकेको जानकारी दिनुभयो । प्रवक्ता देवकोटाले २६ जिल्लामा संक्रमित भेटिएको बताउनु भयो  ।