नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

Sticky News आर्थिक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू र प्रधानमन्त्रीमाथि नियोजित रूपमा आक्रमण भइरहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न भनिएको समूहबाट आफूहरू लक्षित भएको दाबी गरे।

“प्रधानमन्त्रीज्यू र म माथि नियोजित रूपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,” अर्थमन्त्री वाग्लेले भने, “नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालतसम्म पुग्नेछ। त्यसैले हामीसँग असन्तुष्ट त्यही समूहबाट पालित–पोषित व्यक्तिहरूबाट आक्रमण भइरहेको छ भन्ने शंका मलाई लागेको छ।”

उनले संसदका माननीय सदस्यहरूलाई यस्ता समूहका भनाइ वा प्रभावबाट प्रभावित नहुन आग्रह गर्दै संसदको गरिमा कायम राख्नुपर्नेमा जोड दिए।