बेलायतमा ६३ नेपालीले कोरोनाबाट ज्यान गुमाए : नेपाली दूतावास

विविध

२०७७ जेष्ठ ०३  : काठमाडौँ  – बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ६३ नेपालीले ज्यान गुमाएका छन् । लण्डनस्थित नेपाली दूतावासले बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको जनाएको छ । कोरोनाको संक्रमणबाट ५२ पुरुष र ११ महिलाले ज्यान गुमाएका दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी दिएका छन् । अन्य केहीको पुनर्पुष्टि गर्नेकाम चलिरहेको छ । यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ६१ जनाको मृत्यु भएको जनाएको थियो । दूतावासका अनुसार ज्यान गुमाउने ५२ जना गोरखा र उनका परिवार सम्बद्ध छन् भने ११ जना गैरगोरखा समबद्ध रहेका छन् । दूतावासले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिक संघलगायतका संस्था र बेलायत सरकारले उपलब्ध गराएको तथ्याङ्कका आधारमा ६३ जनाको मृत्यु भएको जनाए