काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।उनले भने,‘खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।’
त्यसैगरी उनले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजीवन स्वास्थ्य उपचारको व्यवस्था गरिने जानकारी दिए ।

