काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ४२ रुपैयाँ १० पैसा र बिक्रीदर ४२ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा तोकिएको छ ।
