नझुक्किनुस्, ‘आजतक’ले आर्थर गन भारतको भनेर समाचार दिएको हैन

विविध

सामाजिक सञ्जालमा अहिले भारतीय टेलिभिजन च्यानल आजतकको जस्तो देखिने एउटा स्क्रिनसट भाइरल छ । यसमा अमेरिकन आइडलको टप सेभेनमा पुगेका नेपाली आर्थर गनलाई भारतका नागरिक भनिएको छ।

तर यो ‘आजतक’मा प्रसारण भएको समाचारको स्क्रिनसट भने होइन।

यो टिभीको स्क्रिनमा देखिए जस्तो गरेर आफैले ब्रेकिङ न्युज बनाउन दिने वेबसाइट www.breakyourownnews.com बाट बनाईएको हो ।  स्क्रिनसटमा माथिपट्टी फोटोसप गरेर आजतक र संवाददाताको नाम राखिए पनि दायाँ छेउमा breakyourownnews.com को वाटरमार्क स्पष्टै देख्न सकिन्छ।

साइटमा गएर हेडलाइन र टिकर हालेपछि ठ्याक्कै यस्तै खालको टिभी स्क्रिनमा देखिएको जस्तो फोटो आउँछ।

तसर्थ सामाजिक सञ्जालमा अहिले भाइरल गराइएको आर्थर गन सम्बन्धी आजतकको स्क्रिनसट फेक हो। त्यसमा विश्वास नगर्नुस्।