काठमाडौं । KPI, targets, deadlines, endless meetings र 24/7 digital connectivity ले भरिएको आजको corporate lifestyle बाहिरबाट glamorous देखिए पनि भित्रभित्रै stress, anxiety, burnout र mental exhaustion को ठूलो संकट बोकेर अघि बढिरहेको छ । पैसा, position र performance को दौडमा धेरै professionals ले आफ्नो health, sleep र inner peace गुमाइरहेका छन् । यस्तो समयमा हजारौं वर्ष पुरानो योग, प्राणायाम र ध्यानको सनातन अभ्यास आधुनिक corporate world का लागि केवल spiritual practice होइन, scientifically relevant stress solution को रूपमा पुनः स्थापित हुँदै गएको छ ।
योगासन, प्राणायाम र ध्यान
आचार्य श्री स्वामी ध्रुव
शरीर हाम्रो आत्मा र मनको मंदिर हो । यसलाई स्वस्थ राख्नु हाम्रो परम कर्तव्य हो । सनातन दर्शनमा अति प्राचीनकाल देखि योगासन, प्राणायाम र ध्यान को परम्परा चलि आई रहेछ । यसको प्रमुख उदेश्य मानव जीवन लाई सुखी, स्वस्थ्य र शक्तिशाली बनाउन हो ।
यस यौगिक क्रियाको अभ्यास गर्नाले शरीर स्वस्थ्य, मन संयमित र खुश रहन्छ । यसको कुनै साइड इफेक्ट हुदैन र यसको लागि कुनै धनको पनि आवश्यकता छैन ।

हामी पहिला धन कमाउनको लागि स्वास्थ्य खराब गरि दिन्छौ र पछि स्वास्थ्य ठीक गर्नको लागि त्यसै धनलाई लगाउँछु । वर्तमान समयमा धेरै रोगहरु को औषधि पनि छैन, बाजारमा उपलब्ध ३० प्रतिशत औषधिहरु नकली छन । यसको साथ–साथ डाक्टरहरु पनि इमानदारीपूर्वक कार्य गर्दैन । यस कारणले पनि हामी आफनो स्वास्थ्य माथि ध्यान दिनु पर्छ । दैनिक जीवनमा हामी १४४० मिनट पाएको छौ । यस मध्ये तीस मिनट निकालेर दैनिकरुपमा योगासन, प्राणायाम र ध्यान अवश्य गर्नु पर्छ ।
योगासन– यो एक प्रकार को शारीरिक व्यायाम हो । यसको केहि क्रिया बसेर, केही क्रिया उभेर,केही सुतेर गर्नु पर्छ । लगभग १०८ प्रकारको योगासन हुन्छ । त्यस मध्ये १०–१२ वटा गरे पुग्छ । योगासन भनेको बस्ने नियम वा तरीका हो । कोही शारीरिक स्वास्थ्यको लागि, कोही रोग ठीक गर्नको लागि, कोही मोटापा घटाउनको लागि । योगासनको अभ्यास गर्नु हुन्छ ।
प्राणायाम– प्राणायाम एक प्रकार श्वास–प्रश्वासको व्यायाम हो । यो लगभग १०–१२ प्रकारको हुन्छ । कमतीमा एउटा वा दुईटा प्राणायाम गरे पुग्छ । विष्णु पुराणमा भगवान विष्णु भन्नु हुन्छ । साँस जीवनको आधार हो, यो प्राण ऊर्जा पनि हो । जब हामी श्वास माथि नियंत्रण गर्छौ त्यस पछि जीवन माथि पनि नियंत्रण भई हाल्छ । प्राणायाम हाम्रोआंतरिक प्रणालीलाई राम्रो गरेर शरीरमा अतिरिक्त आक्सीजन आपूर्ति गर्छ प्राणायामको मुख्य काम हो शरीरको अशुद्ध वायुलाई बाहिर निकाल्न र फोक्सोलाई बलियो बनाउन ।
अंर्तकुम्भक प्राणायाम– सामान्य रुपमा खुला ठाउँमा चकती वा चेयरमा बसेर नाकबाट विस्तारै साँस लिने भित्र अंदाजी ८–१० सेकेण्ड रोकने त्यस पछि विस्तारै बाहर निकालने । यस क्रियालाई जमा ५ देखि ७ पटक गर्नु पर्छ । शरीरमा आक्सीजन को स्तर राम्रो छ भने रगतको व्यवस्था राम्रो चल्छ । रगतका व्यवस्था राम्रो रहयो भने समस्त ग्लैंडहरु राम्री काम गर्छ । जुन हाम्रो स्वास्थ्यको लागि अति आवश्यक हो ।
सरल प्राणायाम– यो प्राणायाम गर्नको लागि पदमासन, सिद्धासन वा सुखासनमा आँखा बन्द गरेर बस्ने । नाकबाट विस्तारै–विस्तारै लामो र गहिरो साँस लिने र छोडने । यो क्रिया लगातार पाँच मिनट सम्म गर्ने ।
ध्यान–सामान्य रुपमा बुझिने हो भने ध्यान मानसिक व्यायाम हो । यसमा विभिन्न प्रक्रियाबाट मनलाई एकाग्र, शांत र निर्विचार बनाउने गरिन्छ । त्यसपछि विचार शून्यताको स्थितिमा आउँछ । प्राचीनकाल देखि लगभग ११२ प्रकारको ध्यानविधि हो । जसको वर्णन “विज्ञान भैरवतंत्र” नामक ग्रंथमा उल्लेख छ । सबैभन्दा पहिला भगवान शिवले माँ पार्वतीलाई ध्यानको शिक्षा दिनु भयेको थियो र साधना गराउन भयेको थियो ।
माइंड मैनेजमेन्ट ध्यानविधि
यो ध्यानको अभ्यास गर्नको लागि पदमासन, सिद्धासन वा सुखासनमा आँखा बन्द गरेर बस्ने । मंगलपाठ गरेर, भन्नाले सबैको कल्याण होस हामी यसको मंगलकामना गर्दैछु । त्यसपछि १० सेकेंड सम्म अरिपरि को सबै ध्वनिहरु लाई सुनने त्यसपछि १० सेकेंड सम्म आफनो अनुहारलाई समझिने । अनि मुख बन्द गर्ने, जिब्रालाई तालुमा टाँसेर सारा ध्यान जिब्राको टुप्पोमा लगाउने । यसलाई दस मिनेट गर्ने । यो गर्दा खेरि श्वास–प्रश्वास लाई लामो र गहिरो गर्नु भो भने झन राम्रो हुन्छ ।
आचार्य श्री स्वामी ध्रुव
