काठमाडौं । आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।
बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण कार्यसूची रहेको छ ।
यसैगरी, बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धीका साथै अन्य विविध विषयमा छलफल हुनेछ ।
