काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।
यस अघि बैशाख ११, शुक्रबार, सेयर बजार हेरफेर तथा संगठित कारोबार प्रकरणमा उद्योगी शेखर गोल्छा पक्राउ परेका थिये । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ (उपदफा १) र दफा ९८ अन्तर्गतको कसुरमा सोही ऐनको दफा १०३ (उपदफा ३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिइएको थियो ।
