लिपुलेकमा सडक खनेको विरोधमा थलीमा नेपाल विद्यार्थी संघको राँके जुलुस

विविध

२०७७ बैशाख ३० : काठमाडौँ – नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध काठमाडौँको माइतीघरमा आन्दोलनरत विद्यार्थीको रिहाईको माग गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गएराती   थलीमा राँके जुलुस निकालेको छ । नेपाल विद्यार्थी संघले मिचिएको भुभागको बिरोध काठमाडौको माइतीघरमा आन्दोलनरत विद्यार्थी साथीको रिहाईको माग गर्दै थलीमा राले जुलुस निकालेको छ ।

जुलुसको क्रममा विद्यार्थी नेता मनिस सिम्खडा सहित कान्तिपुर क्याम्पसको स्वबियु सभापति पावल बज्राचार्य , सहिद आदर्श क्याम्पस का स्वबियु सभापति निराजन नेपाल , कागेस्वरी मनोहरा नगरपालिकाका नगर सदस्य सुर्य केसि , ५ न इकाइ सचिब दिपन्कर बज्राचार्य , विद्यार्थी नेता उज्बल बस्ताकोटि सहितलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।