राष्ट्र बैंकमा ८ उपनिर्देशकको निर्देशकमा बढुवा

बैंक/वित्त

काठमाडौं – नेपाल राष्ट्र बैंकले आठ जना उपनिर्देशक (अधिकृत द्वितीय) लाई निर्देशक (अधिकृत प्रथम) पदमा बढुवा गर्ने निर्णय गरेको छ। केन्द्रिय बैंकले सूचना जारी गर्दै योग्यताक्रमका आधारमा बढुवा गरिएको जनाएको छ।।

राष्ट्र बैंक कर्मचारी विनियमावली, २०६८ को विनियम ५३ अनुसार सम्भाव्य उम्मेदवारहरूको मूल्यांकन गरी कुल अंकका आधारमा बढी अंक ल्याउने कर्मचारीलाई बढुवा गरिएको बैंकले जनाएको छ।

बढुवा सूचीमा पहिलो नम्बरमा सम्झना ढकाल परेकी छन्। उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन्। दोस्रो नम्बरमा गैर–बैंकिङ्ग वित्तीय संस्था सुपरिवेक्षण विभागकी नविना ढकाल र तेस्रो नम्बरमा विदेशी विनिमय व्यवस्थापन विभागका संजीव कुमार झा परेका छन्।

त्यसैगरी सुमन नेउपाने (गभर्नरको कार्यालय), पुष्पा अधिकारी (बैंकिङ्ग विभाग), मोहन पुडासैनी (सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग), कमल प्रकाश कालाथोकी (आन्तरिक लेखापरीक्षण विभाग) र शिखा अधिकारी (वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा) पनि बढुवा सूचीमा परेका छन्।