२०७७ बैशाख २९ : काठमाडौँ – भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा काठमाडौँमा प्रदर्शनमा उत्रेका नागरिक अभियन्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल, पूर्व महालेखा परीक्षक शुकदेव भट्टराई, पूर्व जर्नेल रामकृष्ण थापा, सामाजिक अभियन्ता सागर खड्का लगायत ७० जना भन्दा धेरैलाई प्रहरीले गिरफ्तार गरेको हो ।
उनीहरुलाई काठमाडौँको माइतीघर लगायतका क्षेत्रबाट प्रहरीले पक्राउ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए । काठमाडौँ प्रहरी प्रमुख श्याम ज्ञवालीले प्रदर्शनमा उत्रेका ७० जना भन्दा धेरैलाई पक्राउ गरिएको बताए ।


